२०८३, भाद्र १ गते

सानिमा रिलायन्स लाईफको ‘भिजन टु भ्यालु २०८३’ सम्पन्न, उत्कृष्ट सम्मानित

बिहिवार , श्रावण २८, २०८३

एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित सानिमा रिलायन्स ‘भिजन टु भ्यालु २०८३’ कार्यक्रम, “Empowering the Pinnacle for Elite Results” भन्ने नारासहित सम्पन्न भएको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया लगायत कम्पनी सञ्चालक समितिका सदस्य भरत कुमार तोदीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिय म्यानेजरहरु, तथा उत्कृस्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस अफिसरहरुको सहभागिता पोखराको एक होटेलमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले गत आर्थिक वर्षमा बीमाशुल्क संकलनमा प्राप्त सफलताप्रति सबै कर्मचारीलाई बधाई ज्ञापन गरे। उनले उपलब्धिहरूलाई सम्मान गर्दै टीम सहकार्य तथा अन्तरविभागीय समन्वयलाई निरन्तर सफलताको आधारका रूपमा उल्लेख गरे। साथै, उनले आगामी वर्षका लागि रणनीतिक योजना प्रस्तुत गर्दै नयाँ उत्पादनमा नवप्रवर्तन, CSR गतिविधि तथा शाखा कार्यालयहरूको मानकीकरणलाई संस्थागत प्रभाव मजबुत बनाउन प्राथमिकता दिने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले टीमवर्क र उपलब्धिहरूलाई मान्यता दिँदै उत्पादन विविधीकरण तथा बजार बुझाइमा ध्यान केन्द्रित गर्नको लागि निर्देशन दिए । उनले कर्पोरेट सुशासन र अनुपालनलाई जोड दिँदै दीगो वृद्धि र हितधारक मूल्य सृजनामा प्रतिबद्धता जनाए। 

गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृस्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिय म्यानेजर शाखा, उपशाखा प्रमुख , मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरुलाई सम्मानित गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको डेटा प्रस्तुत गर्दै यस वर्ष कम्पनीलाई नयाँ उचाईमा पुराउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्नो कार्यनुभव साटासाट गरेका थिए।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!