नेपाल सरकारले हालैका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाका लागि विभिन्न बैंक खाताको विवरण सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’मा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको हो। विपद् प्रभावितका लागि सहयोग जुटाउन ९ वटा बैंकका विभिन्न खातामार्फत रकम पठाउन सकिने मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हिमालयन बैंकमा अमेरिकी डलर जम्मा गर्न ०१९०५६३१२१००४६ नम्बरको खाता तोकिएको छ।
त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा ०१०१३२४३८०१ र ०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंकमा ११३०१००००३७६२००१ र ११३०१०००००००६००६ तथा एभरेष्ट बैंकमा ००१००१०५२००२७० र ००१०११०२२०००१२ नम्बरका खातामार्फत सहयोग गर्न सकिनेछ।
नेपाल बैंकमा ००२११६००५१००३९०००००३ र ००२००१००५१००३९०००००१, ग्लोबल आइएमई बैंकमा ००४०१०१०१००००००५७ र ००४११०१००००००००५, नबिल बैंकमा १७१००१७५०५२८५ तथा कृषि विकास बैंकमा ०१००२०१००२९०७०१४ नम्बरको खातामार्फत रकम जम्मा गर्न सकिने मन्त्रालयले जनाएको छ।
यस्तै प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा १४३०१००००००२५००६ र १४३०१०००११६४०००१ नम्बरका खाता उपलब्ध छन्।
अर्थ मन्त्रालयले सहयोग रकम पठाउनुअघि सम्बन्धित बैंकबाट खाता नम्बर पुनः पुष्टि गर्न पनि आग्रह गरेको छ। सरकारले संकलित रकम विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा उपयोग गरिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस