२०८३, आश्विन ९ गते

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालको १५ करोड सहयोग

शुक्रवार , भाद्र १२, २०८३

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। सूर्य नेपालका प्रतिनिधिले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीका अनुसार पूर्वजानकारीसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रबाट प्राप्त भएको सहयोगमध्ये यो सबैभन्दा ठूलो रकम हो। अर्थमन्त्री वाग्लेलाई सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिपछि सरकारले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न निजी क्षेत्र तथा सर्वसाधारणलाई आह्वान गर्दै आएको छ।

सूर्य नेपालको १५ करोड सहयोगसँगै विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट ठूलो परिमाणमा आर्थिक सहयोग जुट्ने क्रम थप बलियो बनेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!