२०८३, आश्विन ९ गते

रसुवागढी नाका बन्द भएपछि कोरालामा व्यापारिक चाप बढ्यो

मंगलवार , भाद्र १६, २०८३

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बाढीका कारण बन्द भएपछि मुस्ताङको कोराला नाकामा व्यापारिक चाप बढेको छ।

रसुवागढीबाट हुने आयात कोराला नाकातर्फ डाइभर्ट हुन थालेपछि पछिल्लो समय नाका व्यस्त बनेको भन्सार विभागले जनाएको छ। चीनतर्फबाट तातोपानी नाका पनि अस्थायी रूपमा बन्द भएपछि कोराला नेपाल–चीन व्यापारको मुख्य वैकल्पिक मार्गका रूपमा देखिएको हो।

भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार व्यापारिक चाप बढे पनि कोराला नाकामा आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको अभाव छ। नेपालतर्फ भन्सारको आफ्नै व्यवस्थित भवन, गोदाम तथा कर्मचारी आवासको समेत कमी रहेको उनले बताए।

हाल कोराला नाका सीमित कर्मचारी र अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बढ्दो व्यापारिक गतिविधिलाई धान्न थप जनशक्ति र पूर्वाधार आवश्यक रहेको भन्सार अधिकारीहरूले बताएका छन्।

रसुवागढी र तातोपानी नाका लामो समय बन्द रहे कोराला नाकाबाट हुने आयात अझै बढ्ने अनुमान गरिएको छ। तर, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न नसके बढ्दो व्यापारिक चाप व्यवस्थापनमा समस्या आउन सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!