स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयअनुसार विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत भएसँगै दुवै संस्थाको एकीकृत कारोबारको बाटो खुलेको हो। प्राप्तिपछि संस्थाको नाम ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ र सोही नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन हुनेछ।
भदौ २१ देखि एकीकृत कारोबार
नेपाल राष्ट्र बैंकका अनुसार आगामी भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार औपचारिक रूपमा सञ्चालन हुनेछ। प्राप्ति प्रक्रियापछि विन नेपाल लघुवित्तको सम्पूर्ण सम्पत्ति तथा दायित्व स्वरोजगार लघुवित्तमा सर्नेछ। यससँगै दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा सञ्चालन हुनेछन्।
यस प्राप्तिपछि संस्थाको वित्तीय कारोबार, शाखा सञ्जाल तथा ग्राहक सेवामा समेत एकीकृत संरचना कायम हुने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ को पाँचौँ संशोधन, २०७९ को विनियम ११ को उपविनियम ७ बमोजिम सर्वसाधारणको जानकारीका लागि उक्त सूचना प्रकाशित गरेको हो।
प्रतिक्रिया दिनुहोस