२०८३, आश्विन ९ गते

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्ब ८८ लाखभन्दा बढी रकम जम्मा

बुधवार , भाद्र १७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्।

भदौ १७ गते बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका लागि कोषको मौज्दात तथा हालसम्म भएको निकासासम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

प्राधिकरणलाई निकासा गरिएको उक्त रकममध्ये हालसम्म विभिन्न १५ वटा स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ खर्च तथा निकासा भइसकेको प्रधानमन्त्री शाहले बताए। विपद् प्रभावित क्षेत्रका स्थानीय तहमा सिधै बजेट पठाएर राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिइएको उनले जानकारी दिए।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्को समयमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरी नागरिकको जिउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!