रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये १ हजार २५२ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको बुलेटिनअनुसार बाढीमा बेपत्ता भएका मध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।
विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य जारी रहे पनि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेका छन् । प्राधिकरणका अनुसार बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् ।
सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस