२०८३, आश्विन ९ गते

रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आईसीटीसी ग्रुपको १ करोड सहयोग

बिहिवार , भाद्र १८, २०८३

आईसीटीसी ग्रुपले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठ र सह–प्रबन्ध निर्देशक जयदिन श्रेष्ठले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको ग्रुपले जनाएको छ ।

यसैबीच, आईसीटीसी ग्रुपले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वाससमेत ग्रुपले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!