२०८३, आश्विन ९ गते

संसद् बैठक चलिरहेकै बेला सांसद भरत खड्का एक्कासि ढले

बिहिवार , भाद्र १८, २०८३

नेपाली कांग्रेसका सांसद भरत खड्का उच्च रक्तचापका कारण प्रतिनिधिसभा बैठककै क्रममा लडेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्मा बोलिरहेका बेला खड्का आफ्नै कुर्सीमा बस्दाबस्दै एक्कासि लडेका थिए । उनी लडेपछि कांग्रेसका सांसदहरू तत्काल उठाउन पुगेका थिए ।

घटनापछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेका थिए ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार खड्काको संसद् भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!