सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी शहीद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार शहीदहरूको सम्मान तथा स्मरणमा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिइनेछ।
सरकारले उक्त दिनलाई राष्ट्रिय रूपमा शहीदहरूको योगदान स्मरण गर्ने दिनका रूपमा मनाउने निर्णयसमेत गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस