रसुवामा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोगलाई निरन्तरता दिएको छ। भारतबाट हालसम्म सातवटा राहत उडानमार्फत ९० टन राहत सामग्री नेपाल आइपुगेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय वायुसेनाको सी–१३० जे विमानमार्फत पछिल्लोपटक छैटौँ र सातौँ राहत उडान काठमाडौं आएका हुन्। यी दुई उडानबाट मात्रै २१.५ टन राहत सामग्री नेपाल ल्याइएको छ।
बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले भारतले खाद्यान्न, आवश्यक सामग्री तथा उद्धारका लागि उपयोगी सामग्री नेपाल पठाउँदै आएको छ। राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन आवश्यक समन्वय भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस