२०८३, आश्विन ९ गते

भोटेकोशी बाढीः १३ सय ४१ शव भेटिए, ४ हजार ४४ अझै सम्पर्कविहीन

आइतवार , भाद्र २१, २०८३

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये हालसम्म ९९ जनाको सनाखत भई आफन्तले बुझेका छन्।
 
प्राधिकरणको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२० जना रहेका छन्।
 
बाढी तथा अन्य विपद्का कारण हालसम्म ४ हजार ४४ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा रसुवाका १ हजार ९६७, नुवाकोटका २ हजार ३४० र विदेशी नागरिक ५८९ जना रहेका छन्।
 
त्यस्तै, करिब १०० जना सुरक्षाकर्मी तथा कर्मचारीसमेत अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।
 
बाढी प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा फेला परेका शवको पहिचान गर्ने कार्य जारी रहेको छ। क्षतविक्षत अवस्थामा शव फेला परेकाले पहिचानमा कठिनाइ भइरहेको र आफन्तको डीएनए नमुनासमेत संकलन गरी पहिचान प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!