२०८३, आश्विन ९ गते

बाढीले झन कमजोर बनाएको अर्थतन्त्र उकास्न अर्थमन्त्रीका ५ विशेष योजना

आइतवार , भाद्र २१, २०८३

लामो समयदेखि आर्थिक समस्याबाट गुज्रिएको अर्थतन्त्रलाई भीषण हिमपहिरो र बाढीले थप कमजोर बनाएपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र पुनः सञ्चालनका लागि ५ विशेष योजनासहित आगामी कार्यक्रम अघि बढाउने तयारी गरेका छन्।

दुई दिनअघि अर्थ मन्त्रालयको अगुवाइमा बाढी प्रभावित व्यवसायका लागि पहिलो चरणमा व्यवसाय पुनरुत्थान प्याकेज ल्याइएको थियो। त्यससँगै मन्त्रालयको टोलीले थप चारवटा प्याकेज तयार गरिरहेको छ।

बाढी तथा हिमपहिरोबाट प्रभावित व्यवसाय र आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउने, प्रभावित क्षेत्रको पुनर्निर्माण तथा अर्थतन्त्रमा परेको क्षति न्यूनीकरण गर्ने उद्देश्यले थप प्याकेज तयार पारिँदैछ।

अर्थ मन्त्रालयले आगामी कार्यक्रममार्फत प्रभावित व्यवसायलाई राहत, पुनरुत्थान र लगानीको वातावरण सुधारमा जोड दिने तयारी गरेको छ। पाँचवटै योजनामार्फत संकटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको लक्ष्य रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!