२०८३, आश्विन ९ गते

रसुवा बाढीमा १ हजार ३५५ शव फेला, करिब ५ हजार अझै सम्पर्कविहीन

सोमवार , भाद्र २२, २०८३

रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये केही मानव अंगसमेत रहेका छन् ।

प्राधिकरणका अनुसार हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका छन् ।

महतका अनुसार बाढीमा परी करिब ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब १ हजार ९६७ जना र नुवाकोटबाट करिब २ हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन रहेको विवरण अद्यावधिक भएको छ । यस्तै, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्याङ्क छ ।

यसबीच बाढीमा फसेका १३ हजार ३९६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढीमा परी घाइते भएका ६ हजार ६७२ जनाको उपचार गरिएको छ । तीमध्ये विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भएकामा २२८ जना उपचारपछि घर फर्किएका छन् ।

प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ५३३ जना बाढी प्रभावित रहेका छन् । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ जना रहेको प्राधिकरणले जनाएको छ ।

उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!