२०८३, आश्विन ९ गते

भोटेकोशी बाढीपीडितका लागि यशोदा ग्रुपको ३ करोड ८१ लाख रुपैयाँ सहयोग

बुधवार , भाद्र २४, २०८३

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

नगद सहयोगसँगै कम्पनीले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार प्रभावित नागरिक तथा आश्रयस्थलमा रहेका परिवारका लागि करिब ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ पठाएर सम्बन्धित निकाय तथा प्रभावित नागरिकमार्फत वितरण गरिएको छ ।

बाढीबाट विस्थापित तथा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्रीको अभाव हुन नदिन कम्पनीले आफ्नो तर्फबाट प्रत्यक्ष राहत वितरणलाई प्राथमिकता दिएको जनाएको छ । यशोदा ग्रुपले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आवश्यकताअनुसार थप सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ ।

कम्पनीले आगामी दिनमा पनि प्रभावित क्षेत्रको अवस्थालाई ध्यानमा राख्दै आवश्यक राहत सामग्री पठाउने तथा अन्य प्रकारका सहयोगमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यससँगै यशोदा फुड्स र श्रीराम टोबाकोको नगद तथा खाद्य सामग्रीसहितको सहयोग कुल ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबर पुगेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!