२०८३, आश्विन ९ गते

विदेशबाट नेपाल पठाइने राहत सामग्रीको हवाई ढुवानीमा नेपाल वायुसेवा निगमको छुट

बिहिवार , भाद्र २५, २०८३

नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट नेपाल पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने भएको छ।

निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय गन्तव्यबाट बाढी तथा विपद् प्रभावितका लागि पठाइने राहत सामग्रीको ढुवानी शुल्क एक महिनासम्म पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको जनाएको छ।

निगमका अनुसार राहत सामग्री ढुवानीका लागि सम्बन्धित मुलुकस्थित नेपाली दूतावाससँग समन्वय गर्नुपर्नेछ। दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको हवाई ढुवानीमा शुल्क छुट उपलब्ध गराइनेछ। विपद्को समयमा विदेशबाट प्राप्त हुने मानवीय सहायता प्रभावित क्षेत्रमा छिटो पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको निगमले जनाएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकका लागि विभिन्न मुलुक, संघसंस्था तथा अन्य निकायबाट राहत सामग्री पठाउने क्रम बढिरहेका बेला निगमको शुल्क छुटले त्यस्ता सामग्रीको ढुवानी लागत घटाउन सहयोग पुग्नेछ। निगमले यस निर्णयबाट विदेशबाट नेपाल आउने राहत सामग्रीलाई प्रभावित समुदायसम्म छिटो, सहज र प्रभावकारी रूपमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!