२०८३, आश्विन ९ गते

नेप्सेमा लगातार दोस्रो दिन गिरावट, १३.८५ अंकले घट्यो बजार

बिहिवार , भाद्र २५, २०८३

बिहीबार सेयर बजारका सबैजसो सूचक घटेका छन्। नेप्से परिसूचक १३.८५ अंकले घटेर २ हजार ५३१ अंकमा झरेको छ। अघिल्लो दिन पनि नेप्से १५.४३ अंकले घटेको थियो।

आज कारोबार रकमसमेत घटेको छ। बुधबार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार भयो।

कुल २७८ कम्पनीको कारोबार हुँदा ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको मूल्य भने स्थिर रह्यो।

समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घटेको छ। बैंकिङ ०.४७, विकास बैंक ०.३४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.७८, अन्य ०.६४ र व्यापार समूह ०.२७ प्रतिशत घटेका छन्।

बिहीबार लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। दोल्ती पावर ८.२२, अपर लोहोरेखोला ७.०२, इमर्जिङ नेपाल ५.४६, शिवश्री हाइड्रो ४.९२, सेन्ट्रल फाइनान्स ४.४६ र जानकी फाइनान्स ४.२८ प्रतिशतले बढेका छन्।

यता सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक ५.२४, शुभम पावर ५.१९, धौलागिरि लघुवित्त ४.५० र बाराही हाइड्रोपावर ४.४० प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर अगाडि रहे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!