चीन सरकारले उपलब्ध गराएको पाँचौँ किस्ताको आपत्कालीन राहत सामग्री शुक्रबार काठमाडौं आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए ठूलो ट्रान्सपोर्ट विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी थिए।
विपद् राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपालको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर सामग्री पठाइएको चीनले जनाएको छ। पाँचौँ किस्तामा डिजेल जेनरेटर, मेडिकल मास्क, शव राख्ने मर्चुरी फ्रिजर, डीएनए परीक्षण उपकरण तथा रियाजेन्ट र जल उद्धार सामग्री रहेका छन्।
चीनबाट प्राप्त यी सामग्रीले विपद्पछिको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस