२०८३, आश्विन २० गते

सन नेपाल लाइफले नवीकरण गर्‍यो आईएसओ प्रमाणीकरण, सूचना सुरक्षा सुदृढ बनाउने प्रतिबद्धता

बुधवार , आश्विन १४, २०८३

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक ISO/IEC 27001:2022 को प्रमाणीकरण नवीकरण गरेको छ।

प्रमाणीकरण नवीकरणसँगै कम्पनीले बीमित, ग्राहक तथा अन्य सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीको निरन्तर सुधारप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ।

ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली अर्थात् Information Security Management System (ISMS) सम्बन्धी अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त मापदण्ड हो। यसले संस्थालाई सूचना सुरक्षासँग सम्बन्धित जोखिम पहिचान, मूल्याङ्कन र व्यवस्थापन गर्दै आवश्यक सुरक्षा उपाय लागू गर्न तथा तिनको प्रभावकारिता नियमित रूपमा समीक्षा र सुधार गर्न आधार प्रदान गर्छ।

यस मानकले सूचनाको गोपनीयता (Confidentiality), अखण्डता (Integrity) र उपलब्धता (Availability) लाई सूचना सुरक्षाका प्रमुख आधारका रूपमा लिन्छ।

गोपनीयताअन्तर्गत ग्राहकको व्यक्तिगत, वित्तीय तथा स्वास्थ्यसम्बन्धी संवेदनशील विवरणमा अधिकारप्राप्त व्यक्तिको मात्र पहुँच सुनिश्चित गरिन्छ। अखण्डताले सूचना सही, पूर्ण र विश्वसनीय राख्दै अनधिकृत परिवर्तनबाट सुरक्षित गर्न जोड दिन्छ। त्यस्तै, उपलब्धताले आवश्यक समयमा अधिकारप्राप्त प्रयोगकर्ताका लागि सूचना तथा सम्बन्धित प्रणाली उपलब्ध हुने सुनिश्चिततालाई प्राथमिकता दिन्छ।

जीवन बीमा व्यवसायमा ग्राहकका व्यक्तिगत विवरण, बीमालेख, प्रिमियम भुक्तानी तथा दाबीसम्बन्धी अभिलेखजस्ता संवेदनशील सूचना व्यवस्थापन हुने भएकाले तिनको सुरक्षा महत्वपूर्ण मानिन्छ।

डिजिटल माध्यमबाट बीमा सेवा विस्तार भइरहेका बेला सूचना सुरक्षाले ग्राहकको विश्वास र सेवाको विश्वसनीयतासँग प्रत्यक्ष सम्बन्ध राख्ने कम्पनीले जनाएको छ। यही सन्दर्भमा ISO/IEC 27001:2022 प्रमाणीकरणको नवीकरणलाई कम्पनीको सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई निरन्तर सुदृढ बनाउने प्रयासका रूपमा लिइएको छ।

सन नेपाल लाइफले सूचना सुरक्षालाई संस्थागत जिम्मेवारी तथा ग्राहकप्रतिको प्रतिबद्धताको अभिन्न अंगका रूपमा लिएको जनाएको छ। कम्पनीले आगामी दिनमा सूचना सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन, कर्मचारी सचेतना तथा प्रणाली र प्रक्रियाको निरन्तर सुधारमार्फत सुरक्षित, विश्वसनीय र ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!