२०८३, मंसिर ७ गते

images

प्रधानमन्त्री शाह स्वदेश फर्किदै

सोमवार , मंसिर ७, २०८३

भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह केहीबेरअघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए। प्रधानमन्त्री शाह आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा गएका थिए।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायतसँग भेटवार्ता गरेका थिए। साथै, नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी तथा ऊर्जा, जलस्रोत, पूर्वाधार र व्यापारलगायतका क्षेत्रमा महत्त्वपूर्ण सहमति भएका थिए। विभिन्न भेटघाट, द्विपक्षीय वार्ता तथा सम्झौता र समझदारीका कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह स्वदेश फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images