२०८३, मंसिर ७ गते

images

कैलाश हेलिकप्टर सर्भिसेज उत्कृष्ट करदातामा घोषित

सोमवार , मंसिर ७, २०८३

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ।

आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीले १५औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मान गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत कर्णप्रसाद तिमिल्सिनाले कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचनलाई सम्मानपत्र प्रदान गरेका थिए। कार्यक्रममा कम्पनीलाई दोसल्ला ओढाएर समेत सम्मान गरिएको थियो।

कैलाश हेलिकप्टर सर्भिसेज यसअघि पनि नवौँ तथा १३औँ राष्ट्रिय कर दिवसका अवसरमा सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भइसकेको छ।

कम्पनीले पुनः उत्कृष्ट करदाताका रूपमा सम्मान प्राप्त गर्नुलाई आफ्नो व्यावसायिक प्रतिबद्धता र राज्यप्रतिको कर दायित्व निर्वाहको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images