२०८३, मंसिर ७ गते

images

विश्व हिन्दू रक्षा परिषद् नेपालको राष्ट्रिय अध्यक्षमा नरेश कुमार सरिया नियुक्त

सोमवार , मंसिर ७, २०८३

प्रतिष्ठित सामाजिक व्यक्तित्व तथा प्रेस्टिज इभेन्टका सञ्चालक नरेश कुमार सरिया विश्व हिन्दू रक्षा परिषद् नेपालको राष्ट्रिय अध्यक्ष पदमा नियुक्त भएका छन्।

विश्व हिन्दू रक्षा परिषद्का अन्तर्राष्ट्रिय अध्यक्ष गोपाल रायले २०८३ भदौ २३ गते जारी गरेको नियुक्तिपत्रमार्फत सरियालाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्। सरियाको सामाजिक सक्रियता, अनुभव, समर्पण तथा संगठनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै उनलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

नवनियुक्त अध्यक्ष सरियाले नेपालमा परिषद्को संगठन विस्तार तथा सुदृढीकरण गर्दै सनातन धर्म, संस्कृति, परम्परा र मूल्यमान्यताको संरक्षण तथा प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। साथै, सामाजिक एकता र सद्भाव अभिवृद्धिमा समेत उनको नेतृत्वले योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

यसैबीच, नेपाल राष्ट्रिय मारवाडी परिषद् परिवारले सरियालाई नयाँ जिम्मेवारी प्राप्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। उनको नेतृत्वमा विश्व हिन्दू रक्षा परिषद् नेपालको संगठनात्मक गतिविधिले थप गति लिने तथा राष्ट्र, समाज र सनातन संस्कृतिको हितमा सकारात्मक र रचनात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images