नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सम्पन्न भएसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ।
एनपीएल सिजन ३ को सह–प्रायोजक तथा आधिकारिक दुईपांग्रे सवारीसाधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो।
प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले ‘पल्सर पावर प्ले च्याम्पियन’ पहलसमेत सञ्चालन गरेको थियो। यसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
यस पहलले खेलाडीको व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्नुका साथै प्रतियोगितालाई थप रोमाञ्चक बनाउन सहयोग गरेको कम्पनीले जनाएको छ।
त्यस्तै, ‘पल्सर पावर प्ले प्रेडिक्शन गेम’ मा सहभागी क्रिकेट समर्थकहरूको उत्साहपूर्ण सहभागिताले प्रतियोगिताको आकर्षण थप बढाएको थियो। कम्पनीले प्रेडिक्शन गेमका विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागी तथा स्मार्टवाच विजेताहरूलाई समेत बधाई दिएको छ।
एनपीएल सिजन ३ सफल बनाउन योगदान पुर्याउने खेलाडी, टोली, आयोजक, पदाधिकारी, साझेदार तथा क्रिकेट समर्थकप्रति बजाज पल्सरले आभार व्यक्त गरेको छ। नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने, प्रतिभाको पहिचान गर्ने तथा खेलाडी र समर्थकबीचको सम्बन्ध थप बलियो बनाउने प्रतिबद्धतासहित बजाज पल्सर आगामी सिजन ४ र ५ मा पनि एनपीएलसँग जोडिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस