होमपेज > पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग

पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग

बिज्ञापन

स्याङ्जाका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थलमा ३१ वटा पूर्वाधार निर्माण गर्न लागिएको छ । धार्मिक एवं पर्यटकीयस्थलसम्म सहजताका साथ पुग्नका लागि पदमार्ग र उद्यान निर्माण गर्न लागिएको हो । स्याङ्जा सदरमुकाम पुतलीबजार-१ मा अवस्थित पर्यटन तथा उद्योग कार्यालय स्याङ्जामार्फत जिल्लाका विभिन्न ठाउँमा पूर्वाधार निर्माण गरेको हो ।

स्याङ्जाका ११ वटा स्थानीय तहसँगको समन्वयमा धार्मिक एवं पर्यटकीयस्थलको संरक्षण र सम्बद्र्धन गर्ने र त्यहाँसम्म सहज पहुँच पुर्‍याउन पूर्वाधार निर्माण गरिएको हो । “जिल्लाका विभिन्न भेगमा रहेका मठमन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक आस्थाका केन्द्र र पर्यटकीय सम्भावना भएका स्थान संरक्षण, सम्बद्र्धन र पूर्वाधार निर्माणका क्षेत्रमा काम गछौँ”, कार्यालय प्रमुख ठाकुरप्रसाद ढकालले भने “चालु आर्थिक वर्ष २०७९८० मा यस कार्यालयमार्फत ३१ स्थानमा पूर्वाधार निर्माण गरिरहेका छौँ ।”

धार्मिक मार्ग, उद्यान र पदमार्ग निर्माण गर्न चालु आर्थिक वर्षमा कूल दुई करोड ५० लाख विनियोजन भएको छ । “जिल्लास्थित स्थानीय तहमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको विवरण उपलब्ध गराउन पालिकालाई पत्राचार गरेका छौँ”, उनले भने, “ऐतिहासिक, धार्मिक, एवं पर्यटकीय दृष्टिले महत्व बोकेका स्थानहरुको विवरण प्राप्त भएपछि पालिकाहरुसँग समन्वय गर्दै के कस्तो पूर्वाधारहरु निर्माण गर्ने भन्ने कार्य योजना बनाउँछौं ।”

जिल्लाका विभिन्न भागमा सञ्चालनमा रहेका योजनामध्ये ६ वटा सम्पन्न भइसकेका छन् । अरु योजनाहरु सम्झौता भएर काम अगाडि बढेका र केही अन्तिम चरणमा पुगेका छन् ।

पर्यटकीय गाउँहरुमा आउने पाहुनाहरुलाई स्थानीय परिकारका स्वादहरु उपलब्ध गराउने उद्देश्यसहित पर्यटकीय गाउनिहरुमा अचार बनाउने एकहप्ते तालिम दिइएको उनले बताए ।

साविकको कार्य विवरणमा थप भएको नयाँ कार्य विवरण अनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नवीकरण, पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, प्रदर्शक, याफ्टिङलगायत साहसिक पर्यटनको प्रवर्द्धन, दर्ता अनुमति नवीकरण र नियमन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  2. आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  3. माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  4. सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  5. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  6. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  7. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  8. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  9. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  10. १० भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  11. ११ असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  12. १२ दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  13. १३ मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  14. १४ आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  15. १५ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग