होमपेज > हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

बिज्ञापन

सरकाले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ । सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो ।

उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको छ । पर्यटन मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कार्यालय प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, नेपाल पर्यटन बोर्डका निर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक रहेका छन् ।

त्यसैगरी समितिको अन्य सदस्यमा नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष, टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष, पर्यटन विभागका निर्देशक, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष र पर्यटन मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  2. आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  3. माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  4. सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  5. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  6. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  7. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  8. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  9. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  10. १० भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  11. ११ असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  12. १२ दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  13. १३ मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  14. १४ आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  15. १५ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग