होमपेज > बीमा दाबी लिन आउन बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

बीमा दाबी लिन आउन बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

बिज्ञापन

शिखर इन्स्योरेन्सले बीमा दाबी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट बीमालेख खरिद गरी २०८१ फागुन १५ गतेदेखि २०८२ जेठ १५ गतेसम्म परेका दाबीको भुक्तानी लिन आउन आग्रह गरेको हो।

‘ती दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितका प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको तथा बीमित तथा बीमितका प्रतिनिधि सम्पर्कमा आएका छैनन्’, सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीको प्रादेशिक कार्यालय, शाखाहरु तथा कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरलाई सम्पकी गरी दाबी लिन आउन अनुरोध गरिन्छ।’

कम्पनीबाट हालसम्म बीमितका नाममा दाबी फर्छ्यौट पुर्जा पठाएको दाबीहरु सम्बन्धमा समेत उपरोक्त बमोजिम समयावाधिमा आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्यौट पुर्जामा सहीछाप गरी दाबी फर्छ्यौट पुर्जा कम्पनीमा प्राप्त नभएको तथा बीमित र बीमितका प्रतिनिधि सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

बीमित वा बीमितका प्रतिनिधिले गरेको दाबीको विस्तृत विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो