होमपेज > काठमाडौं उपत्यकामा ठूलो वर्षा, देशका अन्य स्थानमा समेत मौसम गडबड

काठमाडौं उपत्यकामा ठूलो वर्षा, देशका अन्य स्थानमा समेत मौसम गडबड

बिज्ञापन

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भने एकाएक ठूलो पानी परेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हालको वदलीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसमविदले बताएका छन् । पछिल्लो २४ घण्टामा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम वदली भएको र जहाँ वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्, हावाहुरीसहित वर्षा हुने भएका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसप्रति सचेत हुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

मंगलबार हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक, दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको बताइएको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा खण्डित वर्षा वा मेघगर्जन चट्याङ्ग सहितको वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मशाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  2. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  3. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  4. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  5. सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  6. सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  7. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  8. साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  9. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  10. १० डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  11. ११ कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  12. १२ त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  13. १३ महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  14. १४ सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  15. १५ द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित