होमपेज > किसानले पाए अलैंचीको राम्रो भाउ, २४ करोड आम्दानी

किसानले पाए अलैंचीको राम्रो भाउ, २४ करोड आम्दानी

बिज्ञापन

अलैँची खेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिए । यहाँ विसं २०४१ बाट अलैँची खेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ ।

गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो । उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन् ।

आव २०७८/७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट रु १५ करोड आम्दानी भएको थियो । त्यस्तै, एक दशकअघि रु १३ करोडसम्म अलैँची दाना बिक्रीबाट आम्दानी भएको थियो । आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी भएको थियो । उक्त वर्ष नौ सय ५० देखि साढे एक हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए ।

आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । त्यस्तै आव २०७५/७६ मा सात सय ५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए । मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले यस वर्ष गत वर्षको तुलनामा कम उत्पादन गरी बढी आम्दानी गर्नुभएको छ । दुई सय ७५ किलो अलैँची दाना बिक्रीबाट तीन लाख ७१ हजार दुई सय ५० रुपैयाँ आम्दानी गरेको उनले बताए । उनका अनुसार गत वर्ष साढे तीन क्विन्टल अलैँची दाना बिक्री गरेर करिब रु दुई लाख मात्र आम्दानी गरेका थिए ।

जिल्लाभरिका अधिकांश किसानले रु एक हजार दुई सयमा प्रतिकिलो अलैँची बिक्री गरे पनि यहाँका तामाङसहित गाउँलेले एक हजार तीन सय ५० रुपैयाँ प्रतिकिलो अलैँची दाना बिक्री गरेको बताइएको छ । तामाङले मात्र नभई जिल्लाका अधिकांश अलैँची किसानको अलैंची खेतीबाट अलैँची दाना उत्पादन कम गरेका छन् । जिल्लाका किसानले कुनैबेला प्रतिकिलो दुई हजार दुई सय रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट लिने गरेको थियो ।

जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँची दानाको मूल्य नपाएको गुनासो गर्दै आए पनि यस वर्ष भने केही राहत महसुस गरेका छन् । यस वर्ष अलैँची दानाको मूल्यवृद्धि हुँदा अलैँची किसान हर्षित भएका छन् ।
जिल्लामा एक हजार हेक्टर बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलभन्दा कम क्षेत्रफलबाट उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।

सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् । जिल्लामा बढी उमेरका अलैँची, कृषकले १५-१६ वर्षको बुढो उमेरका बोटबाट पाना च्यातेर सार्ने, बुढो बगान, स्याहारसुसारमा कमीलगायत कारणले बर्सेनि उत्पादन घट्दै गएको उक्त कार्यालयका कृषि अधिकृत मिजारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  2. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  3. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  4. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  5. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  6. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  7. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  8. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  9. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  10. १० सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  11. ११ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  12. १२ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  13. १३ साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  14. १४ ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  15. १५ डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग