होमपेज > नेप्सेमा दोहोरो अङ्कको सुधार

नेप्सेमा दोहोरो अङ्कको सुधार

बिज्ञापन

आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०६ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७० दशमलव ८४ र जीवन बीमा समूह ६२ दशमलव ९२ अङ्कले बढेको छ । आज बैंकिङ नौ दशमलव ४४, विकास बैंक ४४ दशमलव १२, वित्त १८ दशमलव १३, होटल तथा पर्यटन समूह १९ दशमलव ०५, जलविद्युत् २१ दशमलव ९७ र लगानी समूह शून्य दशमलव ६३ अङ्कले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १५ दशमलव १५, लघुवित्त समूह ३२ दशमलव १६, व्यापार समूह २८ दशमलव ८८ र अन्य समूह ६ दशमलव ४६ अङ्कले बढेको छ ।

आज कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयर रु आठ करोड ८३ लाख १३ हजार तीन सय बराबरको एक लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  2. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  3. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  4. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  5. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  6. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  7. आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  8. माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  9. सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  10. १० नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  11. ११ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  12. १२ उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  13. १३ यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  14. १४ प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  15. १५ भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि