स्पेशल प्रि ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंक लिमिटेडको पहिलो कारोबार भएको छ।
दुबै कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत फागुन १ गते नेप्सेमा सूचीकृत भएको थियो।
रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको थियो भने सालपा विकास बैंकको १०० रुपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण शेयर सूचीकृत भएको थियो।

