होमपेज > १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा, हेर्नुहोस् को-को परे?

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा, हेर्नुहोस् को-को परे?

बिज्ञापन

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ । कार्यालयका अनुसार मुख्य व्यक्ति सैलेन्द्रकुमार कुरुम्वाङ रहेको विराटनगरस्थित एसएएस कन्स्ट्रक्सन प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ ।

कार्यालयले मुख्य व्यक्ति गोकर्णप्रसाद पण्डित रहेको नागार्जुन शङ्करमाली जेभी, मुख्य व्यक्ति दीपक सापकोटा रहेको शङ्करमाली निर्माण सेवा प्रालिलाई एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखेको छ । मुख्य व्यक्ति राजुप्रसाद श्रेष्ठ रहेको वाई पी कन्स्ट्रक्सन, रविनकुमार जोशी मुख्य व्यक्ति रहेको रफिना कन्स्ट्रक्सनलाई पनि एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखिएको छ ।

साथै मुख्य व्यक्ति टंकप्रसाद चौलागाई रहेको धुलिखेल–युनिकर्ण जेभी र मुख्य व्यक्ति हरि खड्का रहेको युनिकर्ण कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । त्यस्तै मुख्य व्यक्ति विमल चौधरी रहेको फेवा नेपाल प्रालि इटहरी, मुख्य व्यक्ति रेशम श्रेष्ठ रहेको कन्या कालिका स्टील फर्निचर, मुख्य व्यक्ति प्रमिला थापा रहेको ओम शान्ति निर्माण सेवा भद्रपुर, मुख्य व्यक्ति अनिल कुमार रहेको रेडलाइन कन्स्ट्रक्सन कम्पनी प्रालि वीरगञ्जलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यसैगरी मुख्य व्यक्ति जौवाद हुसेन रहेको सेफ मेटल कन्स्ट्रक्सन प्रालि वीरगञ्ज, मुख्य व्यक्ति राजुभाइ सैंजु रहेको सिरुवा कन्स्ट्रक्सन, मुख्य व्यक्ति गोरे तामाङ रहेको कविर कन्स्ट्रक्सन, र मुख्य व्यक्ति सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  2. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  3. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  4. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  5. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  6. आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  7. माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  8. सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  9. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  10. १० सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  11. ११ उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  12. १२ यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  13. १३ प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  14. १४ भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  15. १५ असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा