होमपेज > नौं महिनामा वाणिज्य बैंकहरुले कमाए ४८ अर्ब नाफा, कसको कति?

नौं महिनामा वाणिज्य बैंकहरुले कमाए ४८ अर्ब नाफा, कसको कति?

बिज्ञापन

वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको नौ महिनामा ४८ अर्ब नाफा आर्जन गरेका छन् । गत वर्षका नौ महिनाको तुलनामा बैंकहरूको नाफा १० प्रतिशतले बढेको छ । बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरणानुसार ४८ अर्ब १० करोड रुपैयाँ नाफा गरेको देखिएको छ । गत वर्ष नौ महिनामा ४३ अर्ब ५१ करोड नाफा गरेका थिए ।

चैत मसान्तको वित्तीय विवरणले बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको देखिएको छ । औसतमा चैत महिनामा बैंकहरूको खराब कर्जा ३.०५ प्रतिशत पुगेको छ । गत वर्ष बैंकहरूको खराब कर्जा १.२७ प्रतिशत थियो । २१ मध्ये सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिलले पाँच अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । नबिलले गत वर्ष तीन अर्ब ३५ करोड नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको अन्तिममा एनबी बैंकलाई गाभेको थियो । नबिलको खराब कर्जा ३.८७ प्रतिशत पुगेको छ । गत वर्ष १.१४ प्रतिशत थियो ।

चैतको वित्तीय विवरण हेर्दा एक प्रतिशतभन्दा तल खराब कर्जा हुने बैंकमा एभरेष्ट, एनआईसी, स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । चैतको वित्तीय विवरणले बैंकहरूले कर्जा उठाउन नसकेको देखिएको छ । आर्थिक गतिविधिमा आएको सुस्तताले बैंकहरूको कर्जा नउठ्ने अनुमान थियो । वित्तीय विवरणानुसार कृषि विकास बैंकले चालु आर्थिक वर्षमा एक अर्ब चार करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ९० करोड थियो । खराब कर्जा अनुपात गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.२५ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंकको नाफा गत वर्ष एक अर्ब ५८ करोड रहेकामा यो वर्ष एक अर्ब २३ करोडमा झरेको छ । खराब कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ । एभरेष्ट बैंकले गत वर्ष एक अर्ब ५१ करोड नाफा गरेको थियो । यो वर्ष दुई अर्ब ४६ करोड नाफा गरेको छ । खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.७० प्रतिशत पुगेको छ ।

ग्लोबल आईएमई बैंकले चार अर्ब ३५ करोड नाफा गरेको छ । यो बैंकको नाफा गत वर्ष तीन अर्ब ७२ करोड थियो । गएको पुसमा ग्लोबल र बैंक अफ काठमाडौं मर्ज भएका थिए । खराब कर्जा १.४५ प्रतिशतबाट ३.९६ प्रतिशत पुगेको छ । हिमालयन बैंकले एक अर्ब ७३ करोड नाफा गरेको छ । यो बैंकको नाफा गत वर्ष एक अर्ब ३९ करोड थियो । खराब कर्जा ०.९९ प्रतिशतबाट ४.५६ प्रतिशत पुगेको छ । कुमारी बैंकले गत वर्ष एक अर्ब ८० करोड नाफा गरेको थियो । यो वर्ष एक अर्ब ३० करोड नाफा गरेको छ । खराब कर्जा गतवर्ष ०.९६ प्रतिशत रहेकामा यो वर्ष बढेर ३.९७ प्रतिशत पुगेको छ ।

गत वर्ष चैतमा लक्ष्मी बैंकले ८५ करोड नाफा गरेको थियो । यो वर्ष एक अर्ब २६ करोड नाफा गरेको छ । खराब कर्जा १.०८ प्रतिशतबाट १.८२ प्रतिशत पुगेको छ । माछापुच्छ्रे बैंकले गत वर्ष एक अर्ब ५५ करोड नाफा गरेको थियो । अहिले एक अर्ब ३५ करोड नाफा गरेको छ । खराब कर्जा ०.८७ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल बैंकले गत वर्ष दुई अर्ब १९ करोड नाफा गरेको थियो । यो वर्ष एक अर्ब ७८ करोडमा झरेको छ । खराब कर्जा गत वर्ष २.०६ प्रतिशत रहेकामा यो वर्ष ४.१६ प्रतिशत पुगेको छ । एनआईसी एशिया बैंकले गत वर्ष तीन अर्ब ६० करोड नाफा गरेको थियो । यो वर्ष चार अर्ब एक करोड नाफा गरेको छ । खराब कर्जा ०.५१ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब चार करोड नाफा गरेको छ । गत वर्ष दुई अर्ब ४७ करोड नाफामा थियो । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज भएको हो । खराब कर्जा गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.३५ प्रतिशत पुगेको छ ।

एनएमबि बैंकले दुई अर्ब ६८ करोड नाफा गरेको छ । गत वर्ष दुई अर्ब ६६ करोड नाफा गरेको थियो । खराब कर्जा गत वर्ष १.४६ प्रतिशत रहेकामा यो वर्ष २.९६ प्रतिशत पुगेको छ । प्रभु बैंकले एक अर्ब ९५ करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ७५ करोड नाफा गरेको थियो । खराब कर्जा १.२१ प्रतिशतबाट ३.४८ प्रतिशत पुगेको छ । प्रभुले सेञ्चुरी बैंकलाई गाभेको थियो ।

प्राइम बैंकले दुई अर्ब ४६ करोड नाफा गरेको छ । गत वर्ष दुई अर्ब ७२ करोड नाफा गरेको थियो । खराब कर्जा ०.९४ प्रतिशतबाट ३.०६ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ५७ करोड नाफा गरेको छ । यो बैंकको नाफा गत वर्ष दुई अर्ब ६१ करोड थियो । खराब कर्जा ३.०७ प्रतिशतबाट ३.८८ प्रतिशत पुगेको छ । सानिमा बैंकले एक अर्ब ७१ करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ५९ करोड नाफा थियो । खराब कर्जा ०.३८ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल एसबिआई बैंकले एक अर्ब ८० करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब ३० करोड नाफा गरेको थियो । खराब कर्जा ०.१४ प्रतिशतबाट ०.९७ प्रतिशत पुगेको छ । सिद्धार्थ बैंकको नाफा एक अर्ब ४९ करोड छ । गत वर्ष दुई अर्ब आठ करोड थियो । खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्डको नाफा दुई अर्ब ६१ करोड छ । यो बैंकको नाफा गत वर्ष एक अर्ब ६२ करोड थियो । खराब कर्जा ०.३६ प्रतिशतबाट ०.९० प्रतिशत पुगेको छ । सनराइज बैंकले एक अर्ब १७ करोड नाफा गरेको छ । गत वर्ष एक अर्ब २७ करोड नाफा गरेको थियो । खराब कर्जा १.३७ प्रतिशतबाट बढेर ३.६२ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  2. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  3. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  4. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  5. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  6. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  7. आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  8. माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  9. सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  10. १० नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  11. ११ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  12. १२ उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  13. १३ यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  14. १४ प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  15. १५ भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि