होमपेज > विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६२ पुग्यो (अपडेट)

विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६२ पुग्यो (अपडेट)

बिज्ञापन
विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६२ पुग्यो (अपडेट)

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मर्नेको संख्या कम्तीमा ६२ पुगेको छ। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। मृत्यु हुनेमा ३७ जना पुरुष र २५ जना महिला भएको बताइएको छ।

विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए। दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा ६२जनाको मृत्यु भएको छ। जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहँदा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो।

अहिलेसम्म दुई जना जीवितै फेला परेको र उनीहरूलाई उद्धार गरिएको दमकल विभागका अधिकारीहरूले बताएको भन्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले समाचार छापेको छ। यी दुई मध्ये एक जना यात्रु र एक जना चालक दलका सदस्य भएको बताइएको छ।

उद्धार कार्य अझै जारी भएको बताइएको छ। विमानको पछाडिको भागबाट यात्रुलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरुले बताएका छन्। समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका यात्रु थिए। अवतरणको क्रममा विमान चिप्लिएर पर्खालमा ठोक्किएको दूघर्टनासँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको अपूष्ट भिडियोले देखाएको छ।

-यो पनि पढ्नुहोस्:

१८१ यात्रु बोकेको विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  2. चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने
  3. देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
  4. साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने
  5. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  6. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  7. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  8. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  9. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  10. १० सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  11. ११ साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  12. १२ नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  13. १३ रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  14. १४ नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  15. १५ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै