होमपेज > सेगवे ई११०एल नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध

सेगवे ई११०एल नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध

बिज्ञापन

नेपालमा नयाँ वर्ष २०८३ को अवसरमा लोकप्रिय सेगवे ई११०एल मोडेलमा विशेष अफर सार्वजनिक गरिएको छ। नेपाली बजारमा रुचाइएको यो इलेक्ट्रिक स्कुटर अब पुनः स्टकमा उपलब्ध भएको छ र मूल्य २ लाख ८५ हजारमा राखिएको छ।

ग्राहकहरूले यस अफर अन्तर्गत डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन्, साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि उपलब्ध गराइएको छ। सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रा. लि. ले पहिलो २५ ग्राहकका लागि आकर्षक ‘अर्ली बर्ड’ डिस्काउन्ट पनि घोषणा गरेको छ, जसअन्तर्गत मोडेलअनुसार अधिकतम ४१ हजारसम्म बचत गर्न सकिनेछ।

सेगवे ई११०एल दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरिएको छ। यसमा २४०० वाटको मोटर रहेको छ, जसले १५० न्यूटन–मिटर टर्क प्रदान गर्दछ र अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टा पुग्न सक्छ। स्कुटर १५ डिग्रीभन्दा माथिका उकालाहरू पनि सहज रूपमा सम्हाल्न सक्छ। आवश्यकता अनुसार तयार गरिएको ट्रेलोर्ड बुशलेस मोटर र ७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्रीले एकपटक चार्जमा ६० देखि ११० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ।

२७ लिटरको बुट स्पेस र रिभर्स मोडले सहरभित्रको प्रयोगलाई अझ सहज बनाउँछ। राइडिङ अनुभवलाई ध्यानमा राखेर हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम राखिएको छ, जसले उबडखाबड सडकमा पनि आरामदायी यात्रा दिन्छ। एन्टी–स्किड ट्युबलेस टायर र डुअल डिस्क ब्रेकले राम्रो ग्रिप र कन्ट्रोल प्रदान गर्छ। १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बलियो फ्रेमका कारण यो स्कुटर विभिन्न सडक अवस्थाका लागि उपयुक्त बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  2. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  3. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  4. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  5. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  6. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  7. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  8. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  9. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  10. १० राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  11. ११ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  12. १२ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  13. १३ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  14. १४ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  15. १५ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड