होमपेज > माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)

माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)

बिज्ञापन

विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा बुधबार पनि सामूहिक आमरण अनशन जारी राखेका छन्। लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबारदेखि सुरु भएको अनशन बुधबार दोस्रो दिन पनि जारी रहेको हो।

आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने माग गर्दै सरकारसमक्ष विभिन्न माग अघि सारेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमादेशबमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

समितिले जारी गरेको मागपत्रमा विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने तथा गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋण उपलब्ध गराउनुपर्ने उल्लेख छ।

त्यसैगरी, नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग पनि पीडितहरूले राखेका छन्। आन्दोलनरत पक्षले निजी बैंक तथा वित्तीय संस्थाको अन्त्य गरी मुलुकमा समाजवादी अर्थव्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन मागसमेत अघि सारेका छन्।

माग पूरा नभएसम्म आन्दोलन र आमरण अनशनलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ।

तस्बिर : अनुप प्रधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  2. आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  3. माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  4. सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  5. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  6. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  7. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  8. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  9. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  10. १० भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  11. ११ असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  12. १२ दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  13. १३ मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  14. १४ आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  15. १५ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग