२०८३, भाद्र २ गते

उच्च अंकले घट्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

मंगलवार , जेठ २१, २०८२

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा अडिएको छ। अघिल्लो दिन नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको थियो। सो दिन ९ अर्ब माथिको शेयर कारोबार भएको थियो। आज ३१५ स्क्रिप्को १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको शेयर बजारमा आज एउटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जीको शेयर १० प्रतिशतले बढ्यो। ओम मेघाश्री फर्माक्युटिकल्सको शेयर ९.९४ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको ५.५८, नारायण डेभलपमेन्ट बैंकको ३.०३ र प्रभु स्मार्ट फण्डको शेयर २.९५ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६० करोड बढीकोशेयर कारोबार भयो। युनिर्भसल पावरको ४१ करोडको शेयर कारोबार हुँदा नगदी ग्रुपले ४० करोड,ओम मेघाश्री फर्माक्युटिकल्सले २८ करोड र बुटवल पावरले २० करोड बराबरको शेयर कारोबार गरे। कारोबारमा आएकामध्ये ३४ स्टक्को मूल्य बढ्दा २१४ वटाको घटयो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ र होटल्स एण्ड टुरिजम समूहको उपसूचक २ प्रतिशत बढिले घट्यो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!