२०८३, भाद्र २ गते

साताभर १४.४२ अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार? हेर्नुहोस्

शनिवार , जेठ ३२, २०८२

सातामा १४.४२ अंकले नेप्से परिसूचक बढेको छ। नेप्से ६५५.३८ विन्दुमा आईपुगेको हो। गत साता २६४०.९६ विन्दुमा बन्द भएको नेप्से यो साता १४.४२ अंकले बढेर २६५५.३८ को विन्दुमा पुगेको हो । यस साता सबै कारोबारका दिन बजार खुल्यो हो । जसमध्ये दुई कारोबार दिन बजार बढ्दा तीन कारोबार दिन बजारमा गिरावट आएको थियो । यस साता औसतमा दैनिक ७ अर्ब २६ करोड माथिको कारोबार भएको थियो । आइतबार ९ अर्ब १३ करोडको, सोमबार ८ अर्ब ६८ करोडको कारोबार हुँदा मंगलबार १० अर्ब १६ करोडको कारोबार भयो । त्यस्तै, बुधबार ९ अर्ब ९० करोडको कारोबार भएको बजारमा बिहीबार भने १२ अर्ब ५१ करोडको कारोबार भयो । साताको पहिलो कारोबार दिन नेप्से ११.०६ अंकले घटेर २६२९.८९ कोको विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको थियो । साताको दोस्रो कारोबार दिन नेप्से २३.१९ अंकले बढेर २६५३.०९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो । साताको तेस्रो कारोबार दिन नेप्से २५.०७ अंकले बढेर २६७८.१७को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो । साताको चौथो कारोबार दिन नेप्से १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्से ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको थियो । यस साता कुल बजार पुँजीकरण बढेर ४४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!