२०८३, भाद्र २ गते

शेयर बजारमा हरियाली, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बुधवार , आषाढ १८, २०८२

नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेर बन्द भएको छ। कारोबार साताको तेस्रो दिन मंगलबार २८.९१ अंकले बढेको नेप्से यसदिन ३४.४२ अंकले बढ‍ेर २६९४.८२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.२० प्रतिशतले बढेर ४६२.२७ विन्दुमा पुगेको छ।नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। यसदिन ९ अर्ब माथिको सेयर कारोबार भएको छ। मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएको थियो। त्यसअघि साताको पहिलो कारोबार दिन आइतबार र दोस्रो कारोबार दिन सोमबार पनि नेप्से वृद्धि भएको थियो। आज ३१६ स्क्रिप्सको २ करोड ९७ लाख ७६ हजार ६०४ कित्ता शेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँमा खरिदबिक्री भए। ग्रीन डेभलपमेन्ट बैंक,नेपाल इन्स्योरेन्स र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिन्धु विकास बैंकको ९.२७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.०५ प्रतिशतले बढ्यो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट ५४ करोड बढीको सेयर कारोबार गरी शीर्षस्थानमा रहयो। साहस उर्जाले ४८ करोड मूल्य बराबरको शे‍यर कारोबार गर्दा शप्तकोशी डेभलपमेन्ट बैंकले ३४ करोड,लक्ष्मी सनराइज बैंकले २९ करोड र बुटवल पावरको २७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सबै समूहको उपसूचकमा हरियाली छाएको छ। कोरोबारमा आएकामध्ये १८२ स्टक्सको मूल्य बढ्दा ६५ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!