२०८३, भाद्र २ गते

प्रिओपन सेसनमा बढ्यो नेप्से

बुधवार , श्रावण ७, २०८२

साताको  चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५६ अंकले बढेर २९७६.२६ विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले घटेर ५१६ दशमलव १७ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपनमा ८४ कम्पनीका २६ हजार ९८९ कित्ता शेयर १९१ पटक खरिद बिक्री हुँदा १ करोड ३७ लाख ७४ हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!