२०८३, आश्विन ९ गते

एनआइसी एशिया लघुवित्तको बागमती र गण्डकी प्रदेशमा समिक्षा गोष्ठी तथा तालिम सम्पन्न

सोमवार , कार्तिक २४, २०८२

एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ । कार्तिक १८ देखि २१ गतेसम्म तपस होटल बत्तिसपुतली, काठमाडौंमा चलेको कार्यक्रममा दुई प्रदेशमा रहेका शाखा कार्यालयहरुका प्रमुख, अनुगमन अधिकृत, असुली अधिकृत र प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो । जहाँ पहिलो दुई दिन शाखा सञ्चालन, प्राप्त उपलब्धि, चुनौती र सुधारका सम्भावित क्षेत्रहरूका विषयमा छलफल चलाइएको थियो । त्यस्तै, पछिल्लो दुई दिन सहभागीहरुलाई सेवा गुणस्तर सुधार, ग्राहक संरक्षण, वित्तीय व्यवस्थापन, शाखा सञ्चालन दक्षता, सेवा प्रवाह उत्कृष्टता, डिजिटल बैंकिङ र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । तालिममा प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, लेखा, वित्त तथा योजना विभाग प्रमुख आशिष गौतम, कर्जा तथा सञ्चालन विभाग प्रमुख राकेश श्रेष्ठ, सूचना प्रविधि विभाग प्रमुख मिथलेश कुमार श्रीवास्तव, जोखिम, सम्पत्ति शुद्धिकरण तथा अनुपालना विभाग प्रमुख कसालाल विश्वास लगायत संस्थाका उच्च पदस्थ व्यक्तिहरुले कर्मचारीहरूलाई दक्षता वृद्धि, जोखिम व्यवस्थापन र डिजिटल सेवा प्रवाहमा सशक्त भएर लाग्न निर्देशन दिए । तालिमको समापन सत्रमा गणेश घिमिरेले सहभागीहरूलाई लक्ष्य प्राप्ति, दक्षता वृद्धि, शाखा सञ्चालन सुधार, जोखिम व्यवस्थापन क्षमता र डिजिटल सेवा प्रवाहमा आएको सकारात्मक परिवर्तनको उच्च मूल्यांकन गर्दै, आगामी दिनमा अझ प्रतिबद्ध भइ उत्साह र लगनशीलताका साथ कार्य गर्न हौसला प्रदान गरेका थिए । यस प्रकारको समीक्षा गोष्ठी र तालिम कार्यक्रमले संस्थाका कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीमा अझ सशक्त भइ सेवा गुणस्तरमा अझ उत्कृष्ट र शाखा सञ्चालनमा थप प्रभावकारी योगदान पुर्याउन उत्प्रेरित गर्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!