२०८३, आश्विन ९ गते

नेपालमै बनेको हुन्डाईको नयाँ ‘भेन्यू’ सार्वजनिक, प्रविधि र सुरक्षामा जोड

बुधवार , श्रावण २७, २०८३

नेपालमै उत्पादन भएको हुन्डाईको नयाँ ‘भेन्यू’ र ‘भेन्यू एन लाइन’ नेपाली बजारमा सार्वजनिक भएको छ। हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले कम्प्याक्ट एसयूभी बजारलाई लक्षित गर्दै नयाँ मोडल सार्वजनिक गरेको हो।

नेपालमै निर्मित नयाँ भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। तीन भेरियन्टमा उपलब्ध हुने भेन्यूमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्प दिइएको छ।

कम्पनीका अनुसार १,१९७ सीसी पेट्रोल इन्जिनयुक्त एचएक्स-२ र एचएक्स-५ प्लस तथा ९९८ सीसी टर्बो पेट्रोल इन्जिनयुक्त एचएक्स-५ डीसीटी भेरियन्ट बजारमा ल्याइएको हो। त्यस्तै, स्पोर्टी डिजाइनसहितको भेन्यू एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रविधि र सुरक्षामा जोड

नयाँ भेन्यूमा १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प तथा विद्युतीय टिल्ट एन्ड स्लाइड सनरुफ जस्ता सुविधा छन्।

सुरक्षातर्फ भने कम्पनीले सबै भेरियन्टमा ६ वटा एयरब्यागलाई मानक सुविधा बनाएको जनाएको छ। भेन्यू एन लाइनलाई नियमित भेन्यूभन्दा थप स्पोर्टी स्वरूपमा तयार गरिएको छ। यसमा ‘एन’ ब्रान्ड अंकित सिट, अलोय ह्विल र रातो हाइलाइटसहितको बाहिरी डिजाइन दिइएको छ।

नेपालमै उत्पादन सुरु भएसँगै हुन्डाईले कम्प्याक्ट एसयूभी बजारमा आफ्नो प्रतिस्पर्धात्मक उपस्थिति थप बलियो बनाउने लक्ष्य लिएको देखिन्छ। नयाँ भेन्यू र भेन्यू एन लाइन देशभरका हुन्डाईका आधिकारिक सोरुममा उपलब्ध भइसकेका छन्। ग्राहकले सोरुममै पुगेर गाडी अवलोकन तथा परीक्षण गर्न सक्ने कम्पनीले जनाएको छ।  

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!