२०८३, आश्विन ९ गते

नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, गाडी कर्जाको प्रिमियम र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

बुधवार , श्रावण २७, २०८३

कृषि विकास बैंक लिमिटेडले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार एक्स्पोका अवसरमा नयाँ गाडी खरिद गर्ने ग्राहकले कर्जाको ब्याजदरमा लाग्ने प्रिमियम र सेवा शुल्क दुवैमा ३३.३३ प्रतिशतसम्म छुट पाउनेछन्।

नयाँ गाडी खरिद गर्न इच्छुक ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले यस्तो योजना ल्याएको जनाएको छ। ग्राहकले आफूलाई पायक पर्ने कृषि विकास बैंकको नजिकको शाखामा पुगेर कर्जाका लागि आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार आवश्यक कागजात पूरा भएपछि गाडी खरिदका लागि तत्काल स्वीकृतिपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नयाँ सवारीसाधनप्रति ग्राहकको आकर्षण बढिरहेका बेला बैंकहरूले समेत कर्जा सुविधा र ब्याजदरमा छुटसहितका योजना सार्वजनिक गरिरहेका छन्। यसले एक्स्पोमा सवारी खरिदलाई वित्तीय रूपमा सहज बनाउने अपेक्षा गरिएको छ।

कर्जा योजनाबारे थप जानकारी लिन ग्राहकले बैंकको नजिकको शाखामा सम्पर्क गर्न वा कल सेन्टर ०१–५९७०१६१ मा फोन गर्न सक्ने बैंकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!