२०८३, भाद्र ५ गते

images

११ महिनादेखि अमेरिका रहेका कांग्रेस सांसद प्रकाशबहादुर देउवा पदमुक्त

मंगलवार , भाद्र २, २०८३

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेको भन्दै देउवालाई मंगलबार पदमुक्त गर्ने निर्णय गरेका हुन्।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले देउवालाई पदमुक्त गर्ने निर्णय भएको जानकारी दिए। देउवा पछिल्लो ११ महिनादेखि अमेरिकामा रहेको र प्रदेशसभालाई कुनै जानकारी नदिई लामो समयदेखि बैठकमा अनुपस्थित रहेको सचिवालयले जनाएको छ।

सभामुख भण्डारीले नेपालको संविधानको धारा १८० को खण्ड (घ) बमोजिम देउवालाई पदमुक्त गरेका हुन्। उनी प्रदेशसभाका लगातार २७ वटा बैठकमा अनुपस्थित रहेको जनाइएको छ।

लामो समयसम्म प्रदेशसभा बैठकमा अनुपस्थित रहेपछि सभामुखले संवैधानिक व्यवस्थाअनुसार उनको प्रदेशसभा सदस्य पद रिक्त हुने निर्णय गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!