२०८३, भाद्र ८ गते

images

नाडा अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा बनेको स्कुटरसहित एक दर्जन नयाँ दुई पाङ्ग्रे सार्वजनिक हुँदै

आइतवार , भाद्र ७, २०८३

भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् ।  यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ब्राण्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दैछ । यात्री बाहेक पनि अटो शोमा सहभागि अन्य ब्राण्डले नयाँ उत्पादन बजारमा उतार्ने तयारी थालेका छन् । 

नाडा अटो शोमा ११ कम्पनीका १३ ब्राण्डले दुई पाङ्ग्रे साधन प्रदर्शनीमा राख्नेछन् । जहाँ ढेड दर्जन बढी नयाँ उत्पादन अबलोकन गर्न सकिनेछ ।  नेपालमै बनेको ‘यात्री पी टु’ सबैभन्दा ठूलो आकर्षण हुने देखिन्छ । सिप्रदी यात्री प्रालिले ‘यात्री पीटु स्कुटर’ नाडा अटो शोबाटै बिक्री थाल्नेछ । नेपालमै उत्पादन गरिएको उक्त स्कुटर ‘नाडा अटो शो’को ‘मेड इन नेपाल’ पभिलियनमा देख्न पाइनेछ । 

एमएडब्लू राइज प्राइभेट लिमिटेडअन्तर्गतको यामाहा नेपालले यामाहा एक्सएसआरसहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अटो शो अबलोकनकर्ताको लागि आफ्नो स्टल निकै आकर्षक बनाइरहेको जनाएको छ । नयाँ उत्पादनको मूल्य लगायतका जानकारी अटो शोको पहिलो दिन नै उपलब्ध हुनेछ । 

सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल प्रदर्शनी राख्ने जनाएको छ । कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल नाडा अटो शोबाट बिक्री थाल्दैछ । सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल पनि प्रदर्शनी गर्ने जनाएको छ । 

मिचे अटो नेपाल प्रालिले पाँचवटा नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटो शोमा आफ्नो उपस्थिति बलियो बनाउने योजना तयार पारेको हो । मिचे अटोले नेपालमै विद्युतीय दुई पाङ्ग्रे साधन एसेम्बलिङ गर्दै आएको छ ।  

रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले अटो शोमा नयाँ मोडल सार्वजनिक गर्दैछ । कम्पनीले दुई दिन अगाडि बजारमा ल्याएको नयाँ क्लासिक मोडल अटो शोमा प्रदर्शनीको लागि राख्ने भएको हो । 

यस वर्षको नाडा अटो शोमा अन्य दुई पाङ्ग्रे ब्राण्डहरु क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभी लगायतले सक्रिय सहभागिता जनाउँदैछन् । 

नयाँ उत्पादन र प्रविधिको प्रमुख मञ्च बन्दै नाडा अटो शो

१८औँ नाडा अटो शोमा ठूलो संख्यामा नयाँ मोडल सार्वजनिक हुनुले नेपाली दुईपांग्रे सवारी बजारमा नयाँ उत्पादन, विद्युतीय सवारी र स्थानीय एसेम्बलीतर्फको बढ्दो चासोलाई देखाउनेछ । 

एउटै स्थानमा विभिन्न ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुने भएकाले अबलोकनकर्ताले सहजै अनुकुलको उत्पादन हेर्न र किन्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!