धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभिरमा पृथ्वी राजमार्गको वैकल्पिक ट्रयाक खोलिएको छ। त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि सडक भासिँदा उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले सोही स्थानमा करिब १०० मिटरको वैकल्पिक ट्रयाक निर्माण गरी सवारी साधन सञ्चालनमा ल्याइएको छ। वैकल्पिक मार्गबाट सवारी साधन सामान्य रूपमा सञ्चालन हुन थाले पनि ट्रयाकमा यात्रा गर्न अझै जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ।
यसअघि त्रिशूली नदीको बाढीका कारण पृथ्वी राजमार्गकै कृष्णभिरमा सडक भासिएपछि उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध बनेको थियो।
राजमार्गको विभिन्न स्थानमा बाढी तथा कटानका कारण सडक क्षतिग्रस्त भएपछि काठमाडौं आउजाउका लागि वैकल्पिक मार्गका रूपमा चितवनको नारायणगढबाट हेटौंडा हुँदै काठमाडौं जोडिने तीनवटा रुट प्रयोग भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस