२०८३, आश्विन १० गते

जलवायु विपद्को घाउ लिएर यूएन महासभामा जादैँ बालेन

शुक्रवार , भाद्र २६, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तन र त्यसबाट सिर्जित विपद्का कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन्।

प्रधानमन्त्री शाहले आगामी सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने तय भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयले उनको सम्बोधनमा मुख्य रूपमा उठाइने विषयबारे जानकारी दिएको हो।

मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले बारम्बार भोग्नुपरेको जनधनको क्षतिका साथै न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको विषय विश्व समुदायसमक्ष प्रस्तुत गर्नेछन्।

उनले जलवायु न्यायको विषय उठाउँदै हानि–नोक्सानी कोषलगायत संयन्त्रबाट नेपालले तत्काल र उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्नेछन्।

त्यस्तै, जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायु अनुकूल कृषि प्रवर्द्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज तथा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी तथा विकसित मुलुकलाई अपिल गर्ने तयारी छ।

नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय र बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानबारे पनि प्रधानमन्त्रीले महासभामा जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!