२०८३, आश्विन १० गते

अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको शानदार जित

शुक्रवार , आश्विन ९, २०८३

 जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाली क्रिकेट टोलीले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए। रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। उसका लागि फेसल शिनोजादाले ३३, नजिबुल्लाह जाद्रानले ३० र नङ्गेलिया खरोटेले १७ रन बनाए।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।

नेपाल समूह ‘ए’मा अफगानिस्तान र जापानसँगै छ। नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।



प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!