इन्द्रजात्राको मुख्य दिनका अवसरमा काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ।
इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलगायत विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका छन्।
इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुनाहरूको समेत वसन्तपुरमा उपस्थिति रहेको छ। ऐतिहासिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने इन्द्रजात्राको मुख्य दिन वसन्तपुर क्षेत्रमा सर्वसाधारणको समेत उल्लेख्य भीड लागेको छ।
प्रधानमन्त्री बालेन्द्र साह भने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा रहेकाले यसपटकको इन्द्रजात्रामा उपस्थित छैनन्।
प्रतिक्रिया दिनुहोस