२०८३, आश्विन १० गते

इसेवाको नयाँ सिइओमा निरज शर्मा, कहिलेदेखि सम्हाल्दैछन् कार्यभार ?

शुक्रवार , आश्विन ९, २०८३

इसेवाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निरज शर्मा नियुक्त भएका छन्। इसेवाको सञ्चालक समितिको बैठकले शर्मालाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका एक सञ्चालकका अनुसार शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी सिइओ नियुक्त गर्ने निर्णय गरिएको हो।

शर्माले यसअघि नबिल बैंकमा लामो समय काम गरेका थिए। उनीसँग बैंकिङ क्षेत्रका साथै नवप्रवर्तन र डिजिटल रूपान्तरणका क्षेत्रमा काम गरेको अनुभव रहेको बताइएको छ।

यसअघि जगदिश खड्का इसेवाको सिइओ थिए। सञ्चालक समितिले खड्कालाई सिइओमा निरन्तरता नदिने निर्णय गरेपछि शर्मालाई नयाँ सिइओका रूपमा नियुक्त गरिएको हो।

शर्माले असोज १२ गतेदेखि इसेवाको नेतृत्व सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!