२०८३, आश्विन ९ गते

भन्सार छलेर ल्याइएका ८० लाखका १० ई–स्कुटर बरामद

शुक्रवार , आश्विन २, २०८३

भन्सार छलेर चोरीपैठारी गरिएका १० वटा विद्युतीय स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार गस्तीमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएका ती स्कुटर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका स्कुटरको बजार मूल्य करिब ८० लाख रुपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएका सबै स्कुटर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!